काठमाडौं । उपन्यासकार शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’ को एक समारोहका बीच प्रमुख अतिथि वरिष्ठ आख्यानकार परशु प्रधानले लोकार्पण गर्नुभयो ।
काठमाडौंमा शुक्रबार नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा ‘रुदिना’ लोकार्पण गर्दै आख्यानकार परशु प्रधानले ‘शिव प्रधानको कृति हङकङको आइडी सङ्घर्ष हो भन्दै अरुका लागि पनि प्रेरक बनोस् ’ भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा विमोचित कृतिको चिरफार गर्दै प्रा.डा. गोविन्दमानसिंह कार्कीले ‘रुदिना’मा उत्तरआधुनिकतावादका साथै यौन मनोविज्ञान पनि पाइने उल्लेख गर्नुभयो । साहित्यकार तर्कना शर्माले पनि सार्वजनिक उपन्यास माथि बोल्दै कृतिले विदेशमा बस्ने नेपालीहरूको पीडा बोलेको बताउनुभयो । सर्जंक शिव प्रधानका यसअघि दुई पुस्तक प्रकाशित भइसकेका छन् ।
नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका संरक्षक पवन आलोक, उपन्यासकार शिव प्रधान, महासचिव पुष्पा खनाललगायतले बोल्नुभएको थियो ।