काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ ।
प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल पुग्नु भएको हो । प्रधान मन्त्रि ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रधानमन्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गर्नु भएको छ ।