२०८१ वैशाख १५ गते | 27th of April 2024

रोकिएन सिंहदरबार प्रवलीकरण ,निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ३ गते १३:५०

काठमाडौँ – कोभिड–१९ सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रवलीकरण (मर्मत) ले पुनःगति लिएको छ। सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन मोहडामा प्रवलीकरणको मुख्य काम सम्पन्न भई टायलरमार्बल एवं रङरोगनको काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।सिंहदरबार प्रवलीकरणको कार्यान्वयन हेर्ने प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रवलीकरणलाई अघि बढाइएको बताए। सामाजिक दूरीमा राखी कामदार परिचालन गरिएको छ ।

निर्माण कम्पनीले निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ। निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उनको भनाइ छ । कामदारलाई सानोसानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती÷न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिए।चार वटा मोहडाको प्रवलीकरणमा हाल ११९ कामदारले काम गरिरहेका छन्। कामदारलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको उनले बताए। बन्दाबन्दीका कारण रोकिएको रानीपोखरी एवं धरहरा पुनःनिर्माणको काम यसअघि नै शुरु भइसकेको प्राधिकरणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *