२०८२ पुष ११ गते | 26th of December 2025

कालापानी र लिम्पुवाधुरा र लिपुलेक क्षेत्र समेटको नेपालको नयाँ नक्सा स्वीकृत

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ५ गते १५:०८

काठमाडौं-    भारतले  नेपालको  भुमिमा सडक  निर्माण  गरेपछि  तिब्र  दबाबमा परेको  सरकारले  नेपालको कालापानी र लिम्पुवाधुरा र लिपुलेक क्षेत्र समेटको नक्सा स्वीकृत गरेको छ । आज  बसेको मन्त्रि परिषद बैठकले सो नक्सा स्वीकृत गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले दिनु भयो  ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तावित नेपालकाे नक्सा स्वीकृत गरेकाे आज साँझ आयाेजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले जानकारी  दिनुभयाे ।

याे नक्साले नेपालकाे उत्तरी, पूर्वी, दक्षिणि, पश्चिमी अन्तर्राष्ट्रिय सीमाहरूसहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार याे नक्सा नेपालकाे सबै किसिमका प्रशासनिकलगायत सबै प्रबन्धहरूमा प्रयाेग गर्ने गरी सरकारले निर्णय गरेकाे छ । ”याे नक्सामा नेपालकाे सङ्घीयता अनुरूपका प्रदेश तथा स्थानीय तहहरूसमेत समेटिएका छन्” मन्त्री खतिवडाले भन्नुभयाे, ”याे नक्साबमाेजिम निशानछाप, सरकारी कामकाजमा प्रयाेग हुने नक्साहरू, विद्यालयमा पढाइ हुने पाठ्यपुस्तकहरू र सबै सार्वजनिक प्रयाेगमा ल्याइने नेपालकाे नक्सा अद्यावधिक हुनेछ ।”

यसअघि सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि भारतद्धारा मिचिएको भूमिसमेत समेटेर नेपालको नक्सा अद्यावधिक गर्ने प्रतिबद्धता जनाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *