२०८२ जेठ ९ गते | 22nd of May 2025

रुकुम घटना छानबिन संसदीय विशेष समितिको प्रतिवेदन सभामुखलाई

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ३० गते १४:०१

काठमाडौँ – रुकुम सोती घटना छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ।  गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले मंगलबार सभामुख अग्नि प्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्। दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गरी कार्यान्वयनमा लैजाने कुराको हेक्का आफुले राखेको उनले बताए।

प्रतिनिधिसभा बैठकबाट जेठ २६ गते समिति गठन भएको थियो । समितिले जेठ ३१ गतेबाट काम सुरु गरेको थियो। घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *