२०८१ वैशाख २४ गते | 6th of May 2024

कांग्रेस सांसद सुवर्ण ज्वारचनले लिईन शपथ

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ४ गते १५:०४

काठमाडौँ – प्रतिनिधि सभातर्फ रिक्त रहेको सांसद पदको गुल्मीका सुवर्ण ज्वारचनले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँलाई शपथ खुवाउनुभएको हो ।

नेपाली काँग्रेसका समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि सो पद रिक्त थियो । सांसदको निधन भएमा पार्टीले निर्वाचन आयोगमा बुझाएको सोही समावेशी समूहअन्तर्गत बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति सांसद पाउने व्यवस्थाअनुसार ज्वारचन सांसद बन्नुभएको हो । काँग्रेसले बुझाएको बन्दसूचीको पहिलो नम्बरमा ज्वारचनको नाम उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *