काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका पूर्ब प्रधानमन्त्री स्व.सूर्यबहादुर थापाका छोरा पूर्वमन्त्री सुनिल बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
आज कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले थापालाई स्वागत गर्दै पार्टी प्रबेश गराउनु भएको हो ।त्यस अवसरमा पार्टी सभापति देउवाले लोकतान्त्रिक शक्तिहरु बलियो हुनुपर्ने र लोकतान्त्रिक शक्तिको एकीकरणबाट नै लोकतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक शक्तिहरु एक ठाउं उभिनुपर्ने उपयुक्त बेला भएको बताउनुभयो ।कार्यक्रममा पार्टीका उपसभापति बिजय कुमार गच्छदार, बिमलेन्द्र निधी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।पार्टी प्रवेश गरेपछि पूर्वमन्त्री सुनिल बहादुर थापाले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टीमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताउंदैे नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताउनुभयो ।