काठमाडौं- सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राति सहमति भएपछि डा.केसीले आफ्नो २८ दिनलामो अनशन तोड्नुभएको छ, ।उहाँले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो ।
सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ताटोली र डा.केसीका प्रतिनिधिबीच गए राति भएको आठबुँदै सहमतिपछि आइतबारबाट डा.केसीले अनशन तोडनुभएको हो ।
