२०८१ साउन १२ गते | 27th of July 2024

ब्राजिलले चीनमा निर्मित कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक ५ गते १५:०८

एजेन्सी –   ब्राजिलले चीनमा निर्मित कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने घोषणा गरेको छ । ब्राजिली अधिकारीहरुले  उक्त घोषणा गरेका हुन् । रोयर्टसका अनुसार साओ पाउलोका गर्भनर जोआओ डोरियाले संघीय सरकारले चार करोड साठी लाख कोरोनाभ्याक खोप खरिद गर्न सहमति जनाएको जानकारी दिनुभएको छ । ब्राजिल कोरोनाभाइरसले अत्यन्तै प्रभावितमध्येका एक राष्ट्र हुन् ।
ब्राजिलमा हाल करिब ५३ लाख सङ्क्रमितको पुष्टि भइसकेको छ । अमेरिका र भारतपछि यो सबैभन्दा ठूलो सङ्क्रमित संख्या हो । मृतकको आधारमा अमेरिकापछि ब्राजिल दोस्रो सबैभन्दा बढी प्रभावित हो । ब्राजिलमा हालसम्म सङ्क्रमणबाट करिब एक लाख ५५ हजार ब्यक्तिको मृत्यु भएको हो ।
ब्राजिली स्वास्थ्य नियामक निकायले स्वीकृति दिए अक्सफोर्डले विकास गर्न लागेको आष्ट्राजेनेकापछिको चिनियाँ कम्पनी सिनोभ्याकको कोरोनाभ्याक ब्राजिलमा प्रयोगमा ल्याइने दोस्रो खोप हुनेछ । चिनियाँ खोपको क्लिनिकल ट्रायल ब्राजिलमा साओ पाउलोस्थित बुटान्टन इन्स्टिच्युटले गर्दैछ । उक्त इन्स्टिच्युटले सोमबार खोपको दुई खुराकले सुरक्षित देखिएको जनाएको छ । ट्रायल सकिएपछि मात्रै प्रभावकारी र थप सुरक्षासम्बन्धी तथ्याङ्क सार्वजनिक गरिने जनाउँदै इन्स्टिच्युटले यो प्रारम्भिक नतिजा मात्रै रहेको उल्लेख गरेको छ ।
खोपको क्लिनिकल ट्रायल टर्की र इन्डोनेसियामा समेत जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *