२०८१ वैशाख २४ गते | 6th of May 2024

महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरे

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १९ गते १४:२३

काठमाडौ-  पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरेका छन् कोरोना पोजेटिभ देखिएकी निमोनियालगायतबाट पीडित सीताको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो। सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो।दाङमा उपचार सम्भव नभएपछि गत कात्तिक १४ गते हेलिकप्टरमा राखेर सीतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। उपचारकै क्रममा रहँदा उनमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो।

बुधबार पशुपति आर्यघाटमा महराले पत्नीलाई अन्तिम विदाइ गरेका हुन्। महरा परिवार आज नै दाङ जाँदैछन्।दाङमा छोरा एटमको घरमा काजकिरिया गर्ने तयारी उनीहरूको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *