२०८१ वैशाख २२ गते | 4th of May 2024

वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको अभिनन्दन गरिँदै

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ८ गते ११:२४

काठमाडौँ, पुष ८ गते । वरिष्ठ साहित्यिक पत्रकार ÷साहित्यकार श्री नगेन्द्रराज शर्माको अभिनन्दन गरिने भएको छ ।

उहाँका विशिष्ट योगदानहरूको सम्मान गर्दै शर्माको ८४ औँ शुभ जन्मोत्सवका अवसरमा आगामी चैत्र २२ गते अभिनन्दन समारोह आयोजना गर्ने अभिनन्दन समारोह मूल कार्यसमितिले जनाएको छ ।

२०७६ साल चैत्र २२ गते नै राष्ट्रिय नागरिक अभिनन्दन गर्ने निर्णय भै अभिनन्दन समारोह मूल कार्यसमिति समेत गठन भएको सन्दर्भमा विश्वव्यापी कोरोना प्रकोपका कारण सो कार्यक्रम स्थगित गरिएको थियो ।

वहाँलाई अभिनन्दन गर्न चाहने व्यक्ति वा संस्थाहरूले आफ्नो अभिनन्दनको व्यहोरासहित फाल्गुन १५ भित्र अभिनन्दन समारोह मूल कार्यसमितिमा सम्पर्क गर्न कार्यसमितिका अध्यक्ष पवन आलोकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *