२०८२ असोज २५ गते | 11th of October 2025

यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २५  जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १६ गते १४:३०

    एजेन्सी – यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २५  जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ११० जनाभन्दा बढी घाइते भएको बताइएको छ। युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ।

घटनामा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू “सकुशल” रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *