विराटनगर, २९ असार – विराटनगरको मुनालपथमा बिहीबार बिहान गोली प्रहारबाट एक महिला घाइते भएकी छन् । उदयपुरको बेल्टारकी ४७ वर्षकी टीनादेवी विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको ११ हजार रुपैयाँ लुटेको बताइएको छ । घाइते विष्ट अस्पतालबाट उपचार गराई बिहान आफ्नो घर फर्किन लागेको समयमा घटना भएको बुझिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । रासस