२०८१ वैशाख २४ गते | 6th of May 2024

जुम्ली मार्सी चामल र सिमिको अन्तर्राष्ट्रिय बजारमा माग बढदो

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २ गते १४:०३

काठमाडौ  –  नेपालको खाद्य ब्रान्ड जुम्ली मार्सी चामल र सिमिको अन्तर्राष्ट्रिय बजारमा माग बढ्न थालेको छ । स्वादिष्ट र स्वास्थ्यका लागि निकै लाभदायक मानिने जुम्लाको मार्सी चामल, सिमी, कोदो लगायत अन्य कृषि वस्तुको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको हो । (लायम फुड कर्पोरेसन) क्यानडाको सहकार्यमा जुम्लाका राज शाहीले एक महिनाभित्र करिब २० टन जुम्ली मार्सी चामल, सिमी, कोदो क्यानडा निर्यात गर्ने तयारी गर्नु भएको छ । करिब ५० लाख भन्दा बढी मूल्यका कृषि बस्तु क्यानडा निर्यातको तयारी भइरहेको जुम्लाका कृषि व्यापारी राज शाहीले बताउनुभयो । पाँच लाख भाडा तिरेर विरगन्जको बन्दरगाहबाट पठाएको ३५ देखि ४० दिनभित्र कृषि बस्तु क्यानडा पुग्ने छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सी, सिमिको माग बढ्दै गएपछि यसको लोकप्रियतासँगै खेतीमा पनि आकर्षण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *