२०८२ फागुन २२ गते | 6th of March 2026

बिजयको ‘चौका दाउ’ लाई मिलियन

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २५ गते २२:४८

अस्टिन – आफ्नै नयाँ युट्युब च्यानल बाट सार्वजनिक गरेका युबा सर्जक बिजय चन्द दर्पनको गीत चौका दाउले धमका मच्चाएको छ । ‘बिजय चन्द दर्पण युट्युब च्यानल’ मार्फत सार्वजनिक गरेको गीत चौका दाउलाई ४ दिनमै मिलियनभन्दा बढी पटक हेरिएको छ ।

टिकटकमा समेत भाईरल गीतमा शान्तीश्री परियार र बाबु कृष्ण परियारको स्वर छ भने बाबुकृष्णको संगीत र बिजय चन्दका उत्कृष्ट शब्द छन । गीतको एरेन्ज सुनील परियारले गरेका हुन । सुनिल क्षेत्री र  गीता ढुंगानाको धमकेदार अभिनय रहेको गीतको भिडियो सुनिलकै निर्देशनमा बनेको हो  ।

‘नयाँ युट्युब च्यानल भएकोले यति धेरै माया पाईन्छ भन्ने सोचेईएको  थिईएन’, गीतका रचनाकार तथा युवा सर्जक बिजयले भने ‘आगामी दिनमा पनि यस्तै सिर्जना दिने चुनौती महसुस गरेको छु ।’ यति छोटो समयमै प्राप्त अगाध मायाका लागि सबैलाई मनैदेखी धन्यवाद दिन्छन्, उनी ।बिजय चन्द यस अघिपनि आधा दर्जन सिर्जना सार्वजनिक भएका छन तर अहिले सार्वजनिक भएको चौका दाउले भने धमकेदार शुरुवात गरेको छ ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *