काठमान्डौं – नेपालीहरुको महान पर्व शिवरात्रीको अवसर पारेर गायक हरि गिरी विमर्शीकाे रचना तथा स्वरमा बनेको ‘चील ब्रो हरहर महादेव’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक हरि गिरि विमर्शी, तेजश रेग्मी, एचबिएन किश्मतको स्वर, हरि गिरि विमर्शीकै शब्द संगीतमा बनेको गीतलाई एचबीएनले एरेन्ज गरेका हुन । अजय रेग्मीको छांयाकन रहेको भिडियोमा क्रान्ती केसीले सम्पादन गरेका छन् ।
भिडियोमा निक्स शर्मा, लोमस शर्मा, अर्जुन गौतम, शिशिर पौडेल, हरि विमर्सी लगायतको दमदार अभिनय र नृत्य रहेको छ। भिडियोलाई हरि गिरि विमर्शीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।