२०८० असोज ५ गते | 22nd of September 2023

युवा समाजसेवी प्रितेश कार्की नेपलीज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को नेतृत्वका लागि तयार

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २ गते २२:३१

सान फ्रान्सिस्को – सान फ्रान्सिस्को बे एरीयामा लामो समयदेखी बसोबास गर्दै आउनुभएको ब्यबसायी प्रितेश कार्की अबको दुई बर्षको लागि यसै क्षेत्रको पुरानो संस्था नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को नेत्रित्व गर्न आफु तयार रहेको बताउनु भएको छ।अमेरिकाबाट इन्जिनियरिङमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नु भएका प्रितेश बुवाआमा, श्रीमती र दुई सन्तानको साथमा ब्यवसाय सँगसँगै सामाजिक सेवामा पनि उतिकै सकृय हुनुहुन्छ। उहाले २०१७-२०१८ को न्यान्सको कार्यकालमा महासचिबको रुपमा काम गर्नु भएको यहाँको समाजमा एउटा आशलाग्दो युवा स्थापित नाम हो, संस्थाको काममा अहोरात्र खट्न सक्ने पहिचान बनाइसक्नु भएको छ।

ब्यक्तिगत स्वार्थ र इछ्यालाई त्यागेर सबैजना एकताबद्ध ढंगले अघि बढेको खन्डमा हरेक समस्या र चुनौतिको सजिलै सामना गर्न सकीन्छ भन्ने बिचारबाट प्रितेश कार्की प्रेरित हुनहुन्छ। नेत्रित्वमा गए भने नयाँ र अग्रजपुस्ता बिचको ग्यापलाई हटाउदै २००९ देखिको अधुरो नेपाली कम्युनिटी सेन्टरको अवधारणा लाई पुरा गर्ने मुल उदेश्य को लागी काम गर्ने छु। समाजसेवामा रुची,अनुभब र पर्याप्त समय भयकोले पुरा समय दिएर समाजको लागि काम गर्न सक्छु भनेर कार्कीले आफ्नो योजना सुनाउनु भयो।

नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया(न्यान्स)को बार्षिक साधारणसभा यही अप्रिल १२ मा हुँदैछ र सो सभाले आगामी कार्यकालको नेत्रित्व चयनको लागी बाटो खोल्ने छ। अहिले सम्मको स्थिती बुझ्दा प्रितेश कार्कीसँग चुनाबी प्रतिस्पर्धा गर्न र वहाँको बिरुद्धमा उम्मेद्बारी पर्ने सम्भाबना एकदम न्युन देखिन्छ तर सान फ्रन्किस्को बे एरियाबासी न्यान्ससँग आवद्ध जो कोही पनि प्रतिस्पर्धामा उत्रिन सक्ने छन।

अबको न्यान्सले नेपाली कम्यूनिटी सेन्टर (एनसीसी)अबधारणालाई पुरा गर्न सकोस। आउँदै गरेको नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को साधारणसभाको सफलताको लागी हार्दिक मंगलमय शुभकामना।

भिडियो :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *