२०८२ पुष १७ गते | 1st of January 2026

‘दक्ष जनशक्ति विदेश जानु रहर नभएर बाध्यता हो’ – अध्यक्ष खिलानाथ दाहाल

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ३१ गते ११:०४

काठमाडौं ३१ असार । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले युवा पुस्ता विदेश जानु रहर नभएर बाध्यता भएको बताएका छन । शनिबार राजधानीमा नेपाल श्रम प्रतिष्ठानद्धारा  आयोजित सुरक्षित आप्रवासका लागि टेड युनियनकर्मी तथा सामाजिक अभियान्ताका निम्ती अभिमुखीकरण कार्यक्रममा बोल्दै दाहालले स्वदेशमा रोजगारको सृजना गर्न नसक्दा युवा पुस्ताहरु बाध्य भएर विदेश जानुपरेको बताए । बैदेशिक रोजगारमा जाँदा विभिन्न समस्या आएको कुरालाई इंगित गर्दै बैदेशिक रोजगारीमा जाँदा जान्नु पर्ने साधारण कुरा पनि नजानी जाँदा विभिन्न खाले समस्या आएको दाहालले बताए ।


बैदेशिक रोजगारमा जाने नेपालीहरुमा देखिएको विभिन्न खाले समस्या देखिएका छन । विदेशीभुमीमा गएर नेपालीहरुले भोग्नु परेको विद्यमान समस्या र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा नेपाल श्रम प्रतिष्ठानले सुरक्षित आप्रवासका लागि टेड युनियनकर्मी तथा सामाजिक अभियान्ताका निम्ती अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वैदेशिक रोजगार र नेपाल सरकारका प्रयासहरुका विषयमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी निर्देशक निर्मला थापाले प्रष्ट पारेकी थिइन । त्यसैगरी वैदेशिक रोजगारमा महिलाका मुद्धा र चुनौतीका विषयमा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक विजया दाहालले प्रष्ट पारिन । कार्यक्रममा वैदेशिक रोजगारसम्बन्धि कानुनी प्रावधान र महत्वपूर्ण पक्षहरुका सम्बन्धमा अधिवक्ता सुप्रिया रानाभाटले प्रष्ट पारेकी थिइन ।


अभिमुखीकरण कार्यक्रमले बैदेशिक रोजगारमा जाँदा उत्पन्न हुने समस्या र जानु अगाडी विचार गर्नुपर्ने कुराका सम्बन्धमा आफुहरु प्रष्ट भएको कार्यक्रममा सहभागीले बताए । पछिल्लो तथ्यांक अनुसार देशमा अहिले एक करोड १८ लाख श्रम शक्ति रहेको छ । मासिक २० हजार भन्दा माथिको संख्यामा युवाहरु वैदैशिक रोजगारीमा जाने गरेका छन । श्रम प्रतिष्ठानले सुरक्षित रुपमा वैदेशिक रोजगार पाउने र त्यहा पुगेर कसरी बस्ने भन्ने विषयमा जनचेतना फैलाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *