२०८२ जेठ ८ गते | 21st of May 2025

युवा व्यवसायी काफ्लेले ल्याए ‘तिमीले माया’

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ८ गते १३:५६

काठमाडौ-    युवा व्यवसायी तथा गीतकार रमेश काफ्लेको रचना  माण्डबी त्रिपाठीको स्वर अनि बिपिन आचार्यको संगीतमा (तिमीले माया) बोलको गीत भिडियोसहित आएको छ,जसलाई बिन्दबासिनी म्युजिकले बजार ब्यवस्थापन गरेको छ।

 

गीतकार  काफ्ले आफ्ना शब्दद्वारा जीवनका शुख:दुख:, माया पिरती र भोगाइनै गीतमा  रहेकाले  आफ्ना गीत व्यवसायिक भन्दा पनि यथार्थपरक हुने बताउँछन । आफु सौखिन गीतकार भएकोले यसलाई व्यवसायीक रुपमा नसोचे पनि अहिले चलचित्र तिर पनि अफर आएकोले चलचित्र गीतकारको रुपमा पनि केही गीतहरु आउने उनी  बताउँछन। गैर आवासिय नेपाली संघका केन्द्रिय सदस्य समेत रहेका  काफ्ले,पछिल्लो समय नेपालमै केही गर्नुपर्छ भन्ने उद्धेश्यका साथ विभिन्न वित्तिय सस्थां संचालन, पार्टीबस नेपाल, हाइड्रोपावर प्रोजेक्ट लगायत अन्य थुप्रै व्यवसायमा संलग्न छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *