२०८१ वैशाख २२ गते | 4th of May 2024

इजरायलमा दुई वर्षको अवधिमा चौथो पटक संसदको निर्वाचन

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १० गते १५:०१

जेरुसलेम-  इजरायलमा दुई वर्ष अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ ।
चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् । इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसदमा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।
इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उहाँले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गर्नुभएको छैन । उहाँमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्यहरु नगरेको दाबी गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नुपर्ने भन्दै केही दिनअघि प्रदर्शनहरु पनि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *