२०८१ वैशाख २१ गते | 3rd of May 2024

जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ :प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २६ गते १४:१७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अ‍ाेलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने बताए ।

उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । “हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ,” उनले भने ।उनले कोभिड-१९ ले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरेको दाबी पनि गरे ।अर्काे प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताए । ओलीले आफू सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सूत्रमा रहेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *