२०८२ फागुन २८ गते | 12th of March 2026

फेरि एकै दिन एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ५ गते १४:२०

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार ७८३ को पीसीआर परीक्षण गर्दा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ। आजसम्म देशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०८३ पुगेको छ। क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ८५ छ। आजसम्म दुई लाख ८४ हजार ६७३ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये दुई लखा ७५ हजार तीन सय संक्रमणमुक्त भएका छन्। निको हुने दर ९६.७ प्रतिशत रहेको मन्त्रालयलको विवरणमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *