२०८१ वैशाख १५ गते | 27th of April 2024

गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख १३ गतेदेखि सुरु हुने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ६ गते १२:३२

काठमाडौं  – गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख १३ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुखको कार्यालय स्रोतकाअनुसार वैशाख १३ गते सोमबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो ।

गण्डकीमा  एमाले सरकारविरुद्ध काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको मोर्चाबन्दी बनेको छ । यो मोर्चालाई अर्को प्रतिपक्षी राष्ट्रिय जनमोर्चाले समेत सहयोग गर्ने पक्कापक्की भएपछि वैशाख २ गते गुरुङ सरकारविरुद्ध यी तीन दलका २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको छ । तर, आफ्नो सरकार ढल्ने सुइँको पाएपछि मुख्यमन्त्री गुरुङले अघिल्लो दिन वैशाख १ गते राति १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य भएको निर्णय मन्त्रिपरिषदबाट गराए । सरकारको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचनले संसद अधिवेशन अन्त्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *