२०८१ साउन १२ गते | 27th of July 2024

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियूक्त

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २० गते १३:५२

काठमाडौं –  सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रपति भण्डारीले उनीहरुलाई सपथ खुवाएकी हुन्। यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि पौडेल र यादवलाई राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्षसमेत हुन्।

त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमाले प्रवेश गरेका थिए। यसअघि २०७६ कात्तिकमा सरकारले सातै वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको थियो। त्यतिबेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो। तर, नेकपा विभाजन भएसँगै प्रदेश-२ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *