२०८१ वैशाख २२ गते | 4th of May 2024

इजरायल र प्यालेष्टाइनबीच बढ्दो तनाब साम्य पार्न अमेरिकी कुटनीतिज्ञ शनिबार तेल अबिब पुगे

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १ गते १०:५५

काठमाडौं –  इजरायल र प्यालेष्टाइनबीच बढ्दो तनाब साम्य पार्न अमेरिकी एक जना कुटनीतिज्ञ शनिबार तेल अबिब पुग्नुभएको छ । बीबीसीका अनुसार अमेरिकी कुटनीतिज्ञ हयाडी अम्र इजरायली, प्यालेष्टाइनी र संयुक्त राष्ट्र संघका प्रतिनिधिसँग वार्ता गर्नुहुनेछ । अमेरिकी राष्ट्रपति जोइ बाइडेन प्रशासनले कुटनीतिज्ञहरुको नियुक्तीलाई समेत पूर्णता दिन सकेको छैन् । इजरायलका लागि अमेरिकी राजदूत समेत हाल नियुक्त भएको छैन् । ट्रम्प प्रशासनले हयाडीलाई मध्य क्रममा राखेको थियो ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा आइतबारका लागि बैठक निर्धारण गरिएको छ । उक्त बैठकको पूर्ब सन्ध्यामा अमेरिकी कुटनीतिज्ञ इजरायल पुग्नुभएको हो ।
अमेरिकाले इजरायल र प्यालेष्टाइनबीचको द्वन्द अन्त्य गरी दीर्घकालीन शान्तिको लागि आव्हान गरेको छ । यद्दपी दुबै पक्षबीच युद्धबिराममा सहमति हुन सकेको छैन् ।
शनिबार मात्रै इजरायली हवाई आक्रमणमा गाजामा दश जनाको मृत्यु भएको छ । जारी द्वन्द सन् २०१४ पछि इजरायल र प्यालेष्टाइनबीच सबैभन्दा ठूलो हो । इजरायलले बिहीबार आफ्नो सात हजार आरक्षित सेनालाई गाजासँगको सीमामा परिचालन गरेको छ । बढ्दो हिंसाका बीच सोमबार यता करिब दश हजार प्यालेष्टाइन घर छोडेका छन् ।
हिंसा सुरु भए यताको एक सातामा कम्तिमा १३३ जना गाजामा मारिएका छन् । मृत्यु हुनेमा आठ जना इजरायलका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *