२०८२ असार २८ गते | 12th of July 2025

यूरोपियन यूनियनमा भण्डारणमा रहेका खोप ल्याउने विषयमा पनि कुरा भइरहेको छ : मन्त्री त्रिपाठी

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १० गते १३:०३

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा खोप ल्याउने विषयमा खोप उत्पादक मुलुकमा औपचारिक रुपमा पत्र पठाइसकेको बताएका छन । मन्त्रालयमा आयोजित भर्चुअल प्रेस बिफिङङ्ग कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले उक्त कुराको  जानकारी दिए ।  साथै यूरोपियन यूनियनमा भण्डारणमा रहेका खोप ल्याउने विषयमा पनि कुरा भइरहेको जानकारी दिनुहुँदै उहाँले नर्वे सरकार यस विषयमा सकारात्मक रहेको जानकारी दिनुभयो । मन्त्रालयबाट खोप लागि चीन, अमेरिका, भारत, बेलायत, रुस लगायतका मुलुक संग कुटनितीक पहल भइरहेको  जानकारी दिए ।

  मन्त्री  त्रिपाठीले  कोभिड नियन्त्रण रोकथाम तथा खोपका लागि ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन गरेको   बताएका छन् ।  पत्रकार सम्मेलनमा ऋण सहाययता अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि विश्‍व बैंकबाट तीन अर्ब ४८ करोड सहायता प्राप्‍त भएको उनले जानकारी दिए । खोप व्यवस्थापनका लागि ९ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएर कार्यान्वयनमा आउने क्रममा रहेको मन्त्री त्रिपाठीको भनाइ छ । कोभिड-१९ को खोप व्यवस्थापनका लागि एशियाली विकास बैंकबाट थप १९ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने विषयमा छलफल भइरहेको उनले जानकारि दिए ।’कोभिड संक्रमण सुरु भएपछि विभिन्‍न राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायहरूबाट आर्थिक तथा प्राविधिक सहायता प्राप्‍त भइरहेकोले मन्त्रालयको तर्फबा हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *