२०८२ पुष २८ गते | 12th of January 2026

आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने भारतीय प्रधानमन्त्रीको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २४ गते १४:१८

नयाँदिल्ली –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गरेका छन्। सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको बताए। उनले महामारीको यो बेला सरकार गरिबको साथमा रहेको बताए। ‘आज केन्द्र सरकारले प्रधानमन्त्री गरिब कल्याण  अन्न योजनालाई दिवालीसम्म बढाउने निर्णय गरेको छ। ८० करोड मानिसलाई हरेक महिना तोकिएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइनेछ,’ मोदीले भनेका छन्।

उनले जुन २१ देखि १८ वर्षमाथिका सबै भारतीयलाई केन्द्र सरकारले नै नि:शुल्क कोरोनाभाइरसविरूद्धको खोप पनि उपलब्ध गराउन घोषणा गरे। अबदेखि राज्य सरकारहरूले खोपमा पैसा खर्च गर्नु नपर्ने पनि उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *