२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेपालीलाई दाईको सुझाव – जनताको बेदना र पीडालाई उच्च प्राथमिकतामा राख्नु

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २९ गते १५:०३
काठमाडौं  – गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालीलाई यतिबेला काँग्रेस , शुभचिन्तक र उनका परिवारवाट बधाईको ओहिरो छ । नेपाली काँगेसको यो प्रदेशमा पहिलो सत्तारोहण भएकाले पनि यो विषयलाई सबैले चासोका साथ हेरेका छन । संघमा केपी शर्मा ओलीले बिश्वासको मत लिन नसक्दा संसदनै बिघटन गर्दे सत्तामा बसिरहेको अवस्था गण्डकी प्रदेशमा पनि पर्ला कि भन्ने आँकलनका वीच नेपाली आज मुख्यमन्त्री बनेका छन ।
प्रजातन्त्रका लागि लामो संघषर््ा गरेको परिवारका नेपालीको योगदान पनि प्रजातन्त्रका लागि कम छैन । नेपालीका दाजु नेपाली काँग्रेसका नेता एवं संबिधानसभा सदस्य रामचन्द्र पोखरेलले भाई मूख्यमन्त्री भैसकेपछि बधाई दिदै  राष्ट्रलाई शिरमा राखी जनताकाे बेदना र पीडालाई उच्च प्राथमिकतामा राख्दै गण्डकी प्रदेशकाे सान र मानलाई उच्च राख्नु र झुक्न नदिनु यही मेराे आशिर्बाद छ- भनेका छन :
प्रिय भाई कृष्ण,

गण्डकी प्र्देशकाे मुख्य मन्त्री जस्ताे गरिमामय पदमा प्र्तिपक्षका सबै दलहरुकाे सहयाेग र बहुमत सांसदहरुकाे समर्थनमा निर्बाचित हुनु गाैरब पूर्ण सफलता हाे। यो सफलता शहीदहरुलाई शिरमा राखेर वी.पी. काेईरालाकाे आदर्श, सिद्धान्त र मार्ग दर्शनमा रहने र सहयाे पु्र्याउने समस्त साथीहरू, शुभेच्छुहरुकाे अशिर्बादले भएकाे हाे । पार्टीका नेता तथा सांसदहरुकाे अनवरत प्र्याशकाे सफलता हाे। सबैकाे भावना र मर्मकाे बिजय हाे। अब, राष्ट्रलाई शिरमा राखी जनताकाे बेदना र पीडालाई उच्च प्राथमिकतामा राख्दै गण्डकी प्रदेशकाे सान र मानलाई उच्च राख्नु र झुक्न नदिनु यही मेराे आशिर्बाद छ । मुख्य मन्त्रीकाे कार्यकाल अत्यन्त सफल रहाेस ! सबै परिवारका तर्फबाट हार्दिक

बधाई ! शुभकामना !!!
-रामचन्द्र पोख्रेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *