२०८१ वैशाख २२ गते | 4th of May 2024

राष्ट्रिय सभाको अधिवेशन आह्वान

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १० गते १४:१४

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गते बिहीबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले  नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही बमोजिम असार १७ गते बिहीबारका दिन १६ः०० बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *