२०८१ वैशाख २२ गते | 4th of May 2024

कोभिड र ननकोभिड दुवै बिरामीको उपचार व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १८ गते ८:२२

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सबै अस्पतालहरुलाई पहिलेजस्तै गरी कोभिड र ननकोभिड दुवै बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएको छ । यसअघि सबै अस्पतालहरुले कोभिडका बिरामीलाई प्राथमिकतामा दिन मन्त्रालयले वैशाख १४ गते अस्पतालाई पत्र पठाएको थियो । दोस्रो लहर मत्थर भएसँगै मन्त्रालयले अब सो भन्दा अघिकै व्यवस्था अनुसार गर्न, गराउन अस्पताललाई आग्रह गरेको छ ।

साथै, नेपाल सरकारको निर्णयअनुसार अस्पतालका कर्मचारीहरूको लामो बिदा र करारको सम्बन्धमा सोही पत्र अनुसार सो मितिबाट ६ महिनासम्म कायम रहने मन्त्रालयका सह प्रवक्‍ता डा. समिरकुमार अधिकारीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *