२०८२ फागुन २८ गते | 12th of March 2026

नेपालमा फाईजर खोप ल्याउने सहमति

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १२ गते १४:१९

    काठमाडौं – अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप खरिदका लागि नेपालले ‘नन-डिस्क्लोजर अग्रीमन्ट’ मा हस्ताक्षर गरेको अधिकारीहरूले बताएका छन्। सरकारले कोभिड-१९ विरुद्धका सबै खोप प्राप्तिका लागि पहल गरेको अवस्थामा फाइजरसँग पनि “एक तहको समझदारी भइसकेको” र उक्त खोप खरिद गर्नका लागि “स्रोतको पनि जोहो भइसकेको” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

अमेरिकासहित केही मुलुकमा फाइजर-बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा पनि प्रयोगमा ल्याइएको छ। नेपालमा पनि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका मानिसलाई उक्त खोप दिने लक्ष्य राखेको अर्यालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *