काठमाडौं – पाकिस्तानले अफगानिस्तानसँग जोडिएको सीमा क्षेत्रमा अगष्ट १४ अघि नै बार लगाउने कार्यलाई पूर्णता दिने जनाएको छ । पाकिस्तानले अफगानिस्तानमा जारी हिंसाले शरणार्थी सङ्कट निम्तिने जोखिमलाई लिएर यसप्रकारको निर्णय गरेको हो ।
एएनआईका अुनसार अफगानसँग जोडिएको भूभागमा यसअघि नै शरणार्थी सङ्कट चरम अवस्थामा रहेकोले पाकिस्तानले थप शरणार्थी लिन नसकिने जनाउँदै आएको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्री शेष राशिदले छ्टिटै बार लगाउने कार्यलाई अन्तिम रुप दिइने बताउनुभयो । उहाँले इरानसँगको ४६ प्रतिशत सीमा भूभागमा बार लगाउने कार्य पूरा भइसकेको जानकारी दिनुभयो ।