२०८१ वैशाख २५ गते | 7th of May 2024

अष्ट्रेलियाको सिडनीमा पुन: लकडाउन

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १३ गते १४:३१

काठमाडौं – अष्ट्रेलियाको सिडनीमा लकडाउन लम्ब्याइएको छ । कोभिड–१९ को सङ्क्रमण बृद्धि हुँदै गर्दा लकडाउन थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोभिड–१९ को डेल्टा स्वरुपको सङ्क्रमण फैलिएपछि गत् जुन अन्तिम सातादेखि अष्ट्रेलियाको सिडनीमा लकडाउन जारी गरिएको थियो । सिडनीमा हालसम्म दुई हजार पाँच सय जना सङ्क्रमित थपिएका छन् । राजधानी शहर सिडनी रहेको न्यू साउथ वेल्समा बुधबार मात्रै १७७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जुन गन् मार्च २०२० यताकै सबैभन्दा बढी हो ।
न्यू साउथ वेल्सकी प्रिमियर ग्लैडी बेरेजिक्लैनले अत्यावश्यक काम बाहेक घरमै रहन तथा बजार गर्न दश किलोमिटरभन्दा बढी दूरी पार गर्न नहुने आदेश जारी गर्नुभएको छ । सिडनीमा आगामी शुक्रबार लकडाउन समाप्त हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *