२०८१ वैशाख २५ गते | 7th of May 2024

लकडाउन प्रभावकारी कार्यान्वयनका लागि सिड्नीमा सयौंको सङ्ख्यामा सेना परिचालन

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १५ गते १५:३१

काठमाडौं –  अष्ट्रेलियाले कोभिड–१९ को लकडाउन प्रभावकारी कार्यान्वयनका लागि सिड्नीमा सयौंको सङ्ख्यामा सेना परिचालन गर्ने भएको छ । गत जुन महिनामा कोभिड १९ को डेल्टा स्वरुपको सङ्क्रमण फैलिन सुरु भए यता हालसम्म तीन हजार सङ्क्रमित भएका छन् । नौ जनाको मृत्यु भएको छ ।
अष्ट्रेलियाले सोमबार सेना परिचालन गर्नेछ । त्यसअघि सेनालाई आवश्यक प्रशिक्षण दिइनेछ । सिड्नीमा अगष्ट २८ सम्म लकडाउन लम्ब्याइएको छ । शुक्रबार मात्रै सिड्नीमा १७० जना सङ्क्रमित थपिएका छन् । सेनाले प्रहरीसँग लकडाउन गरिएको १० किलोमिटर क्षेत्रको हटस्पटमा मापदण्ड पालना गराउन घुम्नेछन् ।
राज्यको प्रहरी मन्त्री देविड एलिओटले सिड्नीमा बस्ने केहीले कानुन आफूलाई नलाग्ने सोचिरहेकोले सेना परिचालन सहयोगी हुने बताउनुभएको छ ।

One thought on “लकडाउन प्रभावकारी कार्यान्वयनका लागि सिड्नीमा सयौंको सङ्ख्यामा सेना परिचालन

  1. Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *