२०८१ वैशाख १८ गते | 30th of April 2024

जर्मन प्रहरीले बेलायतका कुटनीतिज्ञलाई नियन्त्रणमा लिए

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २७ गते १५:०२

काठमाडौ- जर्मन प्रहरीले बेलायतका एक जना कुटनीतिज्ञलाई नियन्त्रणमा लिएको छ । बर्लिनस्थित बेलायती दूताबासमा कार्यरत एक जना कुटनीतिज्ञले रुसी गुप्तचर निकायलाई कागजात हस्तान्तरण गरी लाभ लिएको आरोपमा उहाँलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जर्मन अभियोजनकत्र्ताले एक वक्तब्य जारी गरी आरोपितलाई अनुसन्धानका लागि नियन्त्रणमा राख्न न्यायधीश समक्ष आजै उपस्थित गराउने बताएको छ । देविड एस नामका अभियुक्तले रुसी गुप्तचर निकायलाई कागजात बुझाएर नगद लाभ लिएको अभियोजनकत्र्ताले जनाएका छन् । अभियुक्तले सन् २०२० को नोभेम्बरदेखि जासूसी गरिरहेको बताइएको छ ।
जर्मनीको विदेश मन्त्रालयले उक्त प्रकरणलाई गम्भिरतापूर्बक लिएको जनाएको छ । जर्मनीको भूमिमा जासूसी स्वीकार्य नहुने बताउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *