कमल फुयाल
काठमाडौं ६ साउन । यतिबेला नेपाली लोकदोहोरी गीतमा छमछमी नाच्ने पाँच जना मोडल सर्वोकृष्ट मोडलको प्रतिस्पर्धामा छन । पछिल्लो समयमा निकै चर्चामा आएका मोडलहरु लिला गिरी, रिना थापा मगर, रिता तामाङ, रुपा कडेल, दिपासा विसी यतिबेला प्रतिस्पर्धामा छन । सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा तेश्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्डको लागि यि पाँच जना मोडलको नाम मनोनयमा परेपछि प्रतिस्पर्धामा उत्रिएका छन । सर्वोकृष्ट मोडलको बन्ने हो भन्ने चाही श्रावण २७ गते नै कुर्नु पर्ने हुन्छ । तेश्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २१ वटा विधामा वितरण गरिदै छ ।