२०८१ वैशाख १९ गते | 1st of May 2024

देश छोडेर भागेका अफगानी राष्ट्रपति यूएईमा

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ३ गते १४:४७

काठमाडौं – अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ। गत आइतवार तालिबान राजधानी काबुलतर्फ अघि बढेपछि गनीले देश छाडेका थिए। यूएईको विदेश मन्त्रालयले ”मानवीयताका आधारमा” गनी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ।

बुधवार अबेर जारी गरेको एउटा भिडिओमा गनीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई “ठूलो दुर्घटना” बाट बचाउन देश छाडेको बताए। “रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु,” उनले भने। “हाल म अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको छु।” फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो “पूर्ण रूपमा आधारहीन झुट” भएको भन्दै अस्वीकार गरे।  देश छाडेपछि ७२ वर्षीय गनीले अफगानिस्तानका अन्य राजनीतिज्ञले उनको कडा आलोचना गरिरहेका थिए।

अफगानिस्तानको राष्ट्रिय मेलमिलामसम्बन्धी उच्च परिषद्‌का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले “ईश्वरले उनलाई जबाफदेह बनाऊन् र देशले पनि उनलाई न्याग गर्ने नै छ।”सोमवारको मन्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडनले पनि देश छाडेर भागेकोमा अफगान सरकारको आलोचना गरेका थिए। बुधवार अबेर अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मनले सञ्चारकर्मीहरूसँग “गनी अफगानिस्तान अब कुनै व्यक्तित्त्वका रूपमा नरहेको” बताएकी थिइन्। यद्यपि अमेरिकाले लगातार उनलाई “राष्ट्रपति गनी” भनेर सम्बोधन गरिरहेको छ। अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानमा औपचारिक रूपमा सत्ता हस्तान्तरण नभएको भन्दै त्यसलाई जारी राखेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *