२०८१ वैशाख १९ गते | 1st of May 2024

तीन वर्षपछि भारत र पाकिस्तानले एक अर्काका लागि कुटनीतिक भिसा जारी गरे

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ८ गते १३:३६

काठमाडौं –  भारत र पाकिस्तानले करिब तीन वर्षपछि एक अर्काका लागि कुटनीतिक प्रबेशाज्ञा(भिसा) जारी गरेको छ । दुबै राष्ट्रले सम्बन्ध सुधार्ने प्रयास स्वरुप कुटनीतिक भिसा जारी गरेको बताइएको छ ।
समाचार संस्था एएनआइका अनुसार केही साता यता दुबै राष्ट्रले दूताबासमा काम गर्ने कर्मचारीलाई लक्षित गरी कुटनीतिक भिसा जारी गरेको हो । मार्च १५, २०२१ सम्म आवेदन दिएका सबैको भिसा भारत र पाकिस्तान दुबै राष्ट्रले स्वीकृत गरेको छ । भारतले सात जना पाकिस्तानीको भिसा जारी गर्दा पाकिस्तानले ३३ जना भारतीय भिसा जारी गरेको छ ।

यसै वर्षको जनवरी महिनामा दुबै राष्ट्रले पर्दा पछाडिबाट यूएईमा सम्बन्ध सुधार्ने प्रयास स्वरुप छलफल गरेको थियो । एक महिनापछि गत् फेब्रुअरी २०२१ मा भारत र पाकिस्तान दुबै राष्ट्रका सेनाले अप्रत्याशित रुपमा युद्ध बिरामको घोषणा गरेको थियो ।
गत् मार्च महिनामा पाकिस्तानका सैन्य प्रमुख जनरल कमार जावेद बाज्वाले भारतलाई बिगत्लाई बिर्सेर समन्वयका लागि अगाडि बढ्न आग्रह गर्नुभएको थियो । सन् २०१९ मा भारत प्रशासित जम्मु काश्मिरको पुलवामा आक्रमणमा ४० जना सीआरपीएफ जवानको आतङ्कवादी आक्रमणमा मृत्यु भएपछि दुई देशको सम्बन्ध बिग्रेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *