२०८१ वैशाख १८ गते | 30th of April 2024

आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १९ गते ११:३१

काठमाडौं- कोरोना महामारीका बीच सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्‍कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार ९६६ विदेशी पर्यटक नेपाल आएका हुन्। अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन्। उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन्।

अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र  पर्यटक आएका थिए। कोभिड-१९ अघि सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ पयटक नेपाल आएको तथ्याङ्‍क छ। कोभिड-१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ। विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ। बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका बताए। उनका अनुसार यो वर्षको जनवरी महिनामा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *