२०८१ वैशाख २२ गते | 4th of May 2024

तालिवान सरकारले गर्यो पाँच पत्रकारलाई गिरफ्तार

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २३ गते १५:३४

काठमाडौं –  कामचलाउ सरकार गठन गरेको एक दिन नबित्दै तालिबानले काबुलबाट प्रकाशित हुने एक पत्रिकाका पाँच जना पत्रकारलाई गिरफ्तार गरेको छ । काबुलबाट प्रकाशित हुने एतिलात्रोज पत्रिकाका पाँच जना पत्रकारलाई नियन्त्रणमा लिइएको एएनआईले उल्लेख गरेको छ ।
पत्रकारलाई नियन्त्रणमा लिइएको सम्बन्धी जानकारी पत्रिकाका प्रधान सम्पादक जाकी डरयाबीले साझा गर्नुभएको छ । टोलो न्यूजले प्रधानमन्त्री सम्पादकको भनाई उद्धृत गर्दै उक्त जानकारी ट्वीटरमा साझा गरेको छ । यसअघि तालिबानले अन्तर्राष्ट्रिय संघ संगठन समक्ष सञ्चारकर्मीको अधिकार र अभिब्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वाचा गरेको थियो ।
संयुक्त राष्ट्र संघको मानव अधिकार विज्ञहरुले अन्तर्राष्ट्रिय समुदाय समक्ष ज्यानको खतरा हुने र कारबाही चलाइने पत्रकारलाई पहिचान गरी संरक्षण गर्न अपील गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *