२०८१ चैत ३ गते | 17th of March 2025

चीन र अमेरिकाका राष्ट्रपतिबीच सात महिनापछि पहिलो पटक टेलिफोनमा कुराकानी

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २५ गते १५:३८

        काठमाडौं – चीन र अमेरिकाका राष्ट्रपतिबीच सात महिनापछि पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशित गरेको एउटा विज्ञप्तिअनुसार दुई नेताले बिहीवार दुई पक्षका स्वार्थहरू मिल्ने क्षेत्रबारे “बृहत् रणनीतिक छलफल” गरेका थिए। बाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सीसँग यो उनको दोस्रो संवाद हो।

व्यापार, गुप्तचरी र महामारीका विषयमा मतान्तर भएकाले चीन-अमेरिका सम्बन्धबीच तनाव कायम छ। “यो छलफल राष्ट्रपति बाइडनले स्पष्ट पारेअनुसार अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेदारीपूर्वक व्यवस्थित गर्ने अमेरिकाको जारी प्रयासको भाग थियो,” विज्ञप्तिमा ह्वाइट हाउसले भनेको छ। “दुई नेताहरूले प्रतिस्पर्धा द्वन्द्वमा नपुगोस् भनेर सुनिश्चित गर्न दुवै देशको उत्तरदायित्वबारे छलफल गरे।”

केही महिनाअघि बाइडन सरकार र चीनबीच भएको उच्चस्तरीय वार्तामा तनाव उत्पन्न भएको थियो। दुवै पक्षका अधिकारीहरूले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए।चिनियाँ अधिकारीहरूले अमेरिकाले अरू देशलाई “चीनमाथि आक्रमण गर्न” उक्साएको आरोप लगाएका थिए। अमेरिकाले चीन ध्यान तान्ने उद्देश्यसहित आएको बताएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *