काठमाडौं ७ साउन । बाँके जिल्ला स्थित दोदरा नालाकोे पुल भत्किएको छ । जिल्लाको जानकी गाउँपालिकालाई नेपाालगन्जसँग जोड्ने मुख्यमार्गमा रहेको पुल भासिएको हो । शनिबार मालबाहक ट्रयाक्टर दोेदरा नालाको पुल भएर सडक पार गर्नेक्रममा पुल भास्सिएपछि ट्रयाक्टर पनि नालीमा खसेको छ ।
स्थानीय बाासिन्दाले पुल निर्माणका लागि पटक पटक ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको बताएका छन् ।
नेपालगन्जमा एशियाली विकास बैंकको सहयोगमा ढल निकासको जिम्मेवारी पाएको एकीकृत शहरी विकास परियोजनाले नाली निर्माण गरेपनि जीर्ण पुल त्यसै छोडिदिदा पुल भत्केको दाबी स्थानीय बासिन्दाको छ ।