२०८१ वैशाख २३ गते | 5th of May 2024

थप ४४ लाख भेरोसेल खोप चीनबाट काठमाडौं ल्याईयो

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १ गते ९:५८

काठमाडौं– सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप शुक्रबार दिउँसो काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको खोप लिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जानुभएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

One thought on “थप ४४ लाख भेरोसेल खोप चीनबाट काठमाडौं ल्याईयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *