काठमाडौं ९ साउन । हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको उपत्यका समन्वय समिति शुक्रबार गठन गरेका छ ।
प्रतिष्ठानको केन्द्रीय सदस्य छिरिङ मिङग्यूर शेर्पाको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा १७ जना उपत्यका समन्वय समिति गठन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिमा प्रतिष्ठानको केद्रीय अध्यक्ष रत्न पुलामी मगर थिए भने प्रथम उपाध्यक्ष आशिक राई , द्वितीय उपाध्यक्ष अनन्त अर्याल तथा केन्द्रिय सदस्यहरु विशिष्ठ अतिथि रहेका थिए ।
समन्वय समितिको अध्यक्षमा छिरिङ मिङग्यूर शेर्पा, उपाध्यक्षमा रेविजा अधिकारी, महा सचिवमा द्रोण पराजूली, कोष अध्यक्ष्यमा राम चन्द्र बस्नेत, तथा सदस्यहरुमा खगेन्द्र भण्डारी, कुमार बहादुर कार्की, ओङ्गछु शेर्पा, दिपेन्द्र सिटौला, रेणुका खड्का, मन कुमारी बमजन, पृथ्वी कुमारी पुलामी, भीम गन्धर्व आदि निर्वाचित भएका छन ।