२०८१ माघ १० गते | 23rd of January 2025

फ्रान्समा नयाँ वर्ष २०२२ को अवसरमा ८७४ कार जलाइए

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १८ गते १२:४९

पेरिस – फ्रान्समा नयाँ वर्ष २०२२ को अवसरमा ८७४ कार जलाइएका छन्।  शुक्रबारमात्रै ८७४ कार जलाइएको बिबिसीले जनाएको छ। फ्रान्सेली गृह मन्त्रालयका अनुसार यो संख्या सन् २०१९को भन्दा निकै कम हो। फ्रान्समा नयाँ वर्षको पूर्वसन्ध्या कारहरू जलाउनु परम्पराजस्तै बनेको छ। यसरी कारहरू जलाएपछि उनीहरूलाई रोक्ने र निगरानीमा राखेर पक्राउ गर्ने काम पनि भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

अघिल्लो वर्ष कोभिड-१९ को महामारीका कारण लगाइएको कर्फ्युका कारण यस्ता घटना बाहिरिएका थिएनन्। तर यो वर्ष पुन: कारहरू जलाएको घटना बाहिरिएको हो।सन् २००५मा भएको एक दंगा पछि फ्रान्सका सहरहरूमा कार जलाउनु वार्षिक घटनाजस्तै बनेको छ।  कुनै समूहले गरेको अपराध लुकाउन र बीमाको नक्कली दाबी गर्न पनि यसरी कारहरू जलाउने गरिन्थ्यो। तर त्यहाँ पछिल्लो समय नयाँ वर्षलाई स्वागत गर्न भन्दै कारहरू जलाउन थालिएको हो।  नयाँ वर्षको सुरक्षाको लागि ९५ हजार प्रहरी र थुप्रै दमकल तैनाथ गरिएको थियो।