२०८३ असोज १७ गते | 3rd of October 2026

कोरियन भाषा परीक्षाको नतिजा भोली, यसरी हेनुस नतिजा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १० गते ९:४५

काठमाडौं १० साउन । आठौं कोरियन भाषा परीक्षाको नतिजा भोलि (बुधबार. सार्वजनिक हुने भएको छ। गत जेठ २७ र २८ गते भएको परीक्षामा ६८ हजार ४ सय ६९ जना परीक्षार्थीले सहभागिता जनाएका छन् । यी मध्ये परिक्षामा सम्मिलीत मध्ये १० हजार २ सय जनाले कोरियामा गई काम गर्ने अवसर पाउने छन्।जसमा ४ हजार उत्पादन र ६ हजार २ सय कृषि क्षेत्रमा जाने इपिएस कोरीया शाखाले जनाएको छ ।

रिजल्ट  हेर्न यहाँ क्लिक गर्नुस

यो वर्ष ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएका भएपनि विविध कारणवश ७ हजार परीक्षार्थी अनुस्पस्थित भएका थिए । गत वर्ष जम्मा ३ हजार ४ सय ६४ जना छनोट भएकोमा यस वर्ष कोरियाले कामदार संख्या बढाएर १० हजार २ सय जना लैजान लागेको छ। पास हुने परीक्षार्थीलाई २०१७ को अन्त्यबाट कोरिया लैजाने काम सुरु हुने बताइएको छ।

विगतका वर्षहरूमा भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पर्थ्यो। स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्थ्यो र रोजगारदाताले उक्त भिडियो हेरेर कामदारको छनोट गर्थ्यो। तर यसपाली स्किल टेष्टको नियम हटेको शाखाले जनाएको छ ।

http://epsnepal.gov.np/news/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *