एजेन्सी १३ साउन । पाकिस्तानका प्रधानमन्त्री नवाफ सरिफले पदबाट राजिनामा दिएका छन । अदालतले विदेशमा कालो धन जम्मा गरेको विषयमा दोषी ठहर गरेपछि उनले राजिनामा दिएका हुन । विदेशमा कालो धन राखेका कारण उनी प्रधानमन्त्रीका लागि अयोग्य भएको अदालतले ठहर गरेको थियो ।
अदालतको यस्तो ठहरपछि सरिफले बाध्य भएर राजीनामा गरेका हुन्। ६८ वर्षका सरिफ ५ जून २०१३ मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री चयन भएका थिए। पाकिस्तानमा संसदीय चुनाव हुन १ वर्षमात्रै बाँकी रहेको अवस्थामा पूरै कार्यकाल पूरा गर्न नपाउँदै प्रधानमन्त्रीले राजीनामा गर्नुपरेको हो।