काठमाडौं, १४ साउन । साउन १९ गतेदेखि लागु हुने गरी हिमालयन एयरलाइन्सले काठमाडौं दोहाका लागि उडान सुरु गरेको छ । साताको दुईवटा उडान थप्ने निर्णय गरेको एयरलाइन्सले जनाएको छ ।
यस्तै भदौ १७ गतेदेखि चार उडान थपेर हप्ताको ११ वटा उडान काठमाडौं दोहाका लागि गर्ने भएको हो ।
काठमाडौंबाट विभिन्न देशमा ट्रान्जिट भएर उडान भर्ने कम्पनीले दोहाका लागि उडान भर्न छाडेपछि यात्रुको चाप बढेको हो । खाडीका देशको कतारसँग सम्बन्ध बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । हिमालय एयरलाइन्सले मे ३१, २०१६ देखि काठमाडौं–दोहा उडान सुरु गरेको थियो ।