२०८२ पुष १७ गते | 1st of January 2026

डा केसीको माग सम्बन्धमा संसदीय समितिबीच छलफल

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १७ गते १७:०३

काठमाडौँ, १७ साउन । अनशनरत प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्न चिकित्सा शिक्षा विधेयकबारे सम्बन्धित मन्त्री र संसदीय समितिबीच आज छलफल भएको छ ।

केसीको प्रमुख मागको विषय बनेको चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, व्यवस्थापिका–संसद्, महिला बालबालिका ज्येष्ठ नागरिक समाजका सभापति रञ्जुकुमारी झा, तत्कालीन माथेमा आयोगको प्रतिवेदन तयारीमा मुख्य भूमिका खेल्ने पदाधिकारी र डा केसीका प्रतिनिधिसहितको आज बैठक बसेकोे शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिए ।

आजको बैठकमा सबै पक्षले आआफ्नो धारणा राख्दै विधेयकका समेटिनुपर्ने बुँदाहरुबारे विस्तृतमा छलफल गरेको थियो । डा केसी पक्षका वार्ता टोली सदस्य डा अभिषेकराज सिंहले आज सैद्धान्तिक विषयमा छलफल भएको र बुधबार अपराह्न ३ बजे पुनः वार्ता हुने जानकारी दिए ।

चिकित्सा शिक्षा विधेयक पारितलगायत चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी यही साउन ९ गतेदेखि शिक्षण अस्पताल महाराजगन्जमा ११ औँ आमरण अनशनमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *