२०८१ साउन १२ गते | 27th of July 2024

गौरीमय सान-फ्रान्सिस्को

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २२ गते २३:५३

जोशी बाबु, सान-फ्रान्सिस्को, अमेरिका एनआरएन निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी गौरी जोशी सामुदायिक भेटघाट तथा सदस्यता बितरण कार्यक्रममा क्यालिफोर्निया राजाको सान फ्रान्सिसकोमा आउनुहुंदा नर्दन क्यालिफोर्नीयाको सबैभन्दा ठूलो संस्था न्यान्स (NANC)ले एक विशेष स्वागत कार्यक्रम राखी उनलाई भव्य स्वागत गर्यो । कार्यक्रममा वोल्दै जोशीले भन्नु भयो — ‘मैले अमेरिकाका धेरै ठाउँमा छरिएर रहेका साथीहरुसँग सल्लाह गरिरहेको छु । म साथीहरुको विश्वासलाई कुनै हालतमा कदापी धोका दिने छैन । टेक्सासको डालसको नेपाली समाजलाई अगाडि वढाउन जसरी सहयोग र कार्य गर्ने अवसर जुर्यो, सान फ्रान्सिस्कोको कम्यूनिटी हल वनाउन पनि त्यसरी नै मद्दत गर्ने छु । चुनावअको मुखमा यति भन्दैगर्दा, यो चुनावी माहोलमा मैले मेरो नैतिकताले आर्थिक सहयोग प्रदान गर्न मिल्दैन । म बचन दिन्छु, मैले जीते पनि हारे पनि म यो कम्युनिटीको लागि सहयोग गर्नेछु यो मेरो वचन भयो । गौरी जोशी नपुग्ने बोल्दैन,  स्वाभावैले म कम बोल्ने तर काम गर्ने मान्छे हुँं ।’

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीले आफुले नेपाली समाजलाई कसरी अगाडि वढाउने भन्ने योजना सहित नेतृत्वका निम्ति अघि बढेको बताउनु भएको छ । एक सामान्य परिवारमा हुर्किएर, दु:ख-सुख गर्दै यहाँसम्म आईपुगेका जोशी प्रवासी अमेरिकी नेपाली समाजमा सामुदायिक केन्द्र, पाठशाला, युवा रोजगार र राजनीतिमुक्त एनआरएनको नाराली चुनावी मैदानमा छन ।

चितवन घर भई १८ वर्षदेखि अमेरिकामा कर्म भूमि बनाएर बसेका जोशी, यो आरोह अवरोह सम्ममा धेरै अनुभव बटुली सकेका छन् । अमेरिकामा विद्यार्थी कालका पीडा देखि जागिर खाँदा र अरूलाई जागिर खुवाउँदा सम्मका कथा र व्यथाका थुप्रै सँगालोहरु उनीसँग छन । नेपालदेखि संसारकै कुनै कुनामा वस्ने नेपाली डयालस जाँदा उनी भेट्छन् र सम्मान गर्छन् । उनीसँग विशेष गरि नेपालीहरुले व्यबसाय, सामाजीक क्षेत्रमा हाँसिल गरेको प्रगति र उपायहरुका बारेमा बुझ्छन् । अमेरिकामा रहेर प्रगति गर्ने नेपालीहरुको सूचिमा औँलामा गन्न सकिने व्यक्तिका रूपमा जोशी पनि पर्दछन् । जोशीले झण्डै पाँच हजार नेपालीहरुलाई दक्ष बनाएर सूचना प्रविधिको क्षेत्रमा काम दिलाएका छन् ।

उनको ब्यबसायिक सक्षमता आफ्नो ठाउँमा छ । अमेरिकाको एनआरएनलाई दुई वर्षभित्र कहाँ पुर्याउने भन्ने स्पष्ट योजना सहित जोशी अध्यक्ष पदको उम्मेद्वारी सहित अघि बढ्दै छन् । सान-फ्रान्सिस्कोमा वोल्ने क्रममा उनले एनआरएन अमेरिकामा आपत्कालिन कोष स्थापना गर्नु पर्नेमा जोड़ दिए । अहिले अमेरिकामा यस्ता महिना छैनन् कि जुन महिनामा नेपालीहरु दुर्घटना वा कुनै प्रकोपबाट पीडित नभएका हुन् । दुर्घटनाबाट निधन हुँदा होस् या अरु कुनै कारणले उपचारमा समस्या हुँदा होस् त्यस्तो बेलामा सहयोग गर्ने कुनै स्थायी प्रकृतिको कोष छैन । जसले गर्दा पटक पटक चन्दा आव्हान गर्नुपर्ने अवस्था लाई सुधार्न आपत कालिन कोष हुनु पर्ने बिषयमा जोशीले जोड दिए । ‘आफू निर्वाचित भएपछि एकलाख डलरको आपतकालिन कोष खडा गर्ने योजना छ’ उनले सुनाए । जसबाट बीमा नभएकालाई उपचार गराउनेदेखि लिएर निधन भएकाहरुको दाहसंस्कार, शबलाई नेपाल पठाउने कार्यमा खर्च गर्न सकिनेछ । ताकी पटक पटक चन्दा आव्हान गरिरहन नपरोस् ।

अमेरिका र नेपालको स्थानीय निकायबीच र नेपाल बीच एनआरएनएको माध्यमवाट कोशेढुंगाको स्थापित गराई संबन्ध कायम गराउने धारणा व्यक्त गर्दै जोशीले अमेरिकाको कुनै काउन्टी र नेपालको नगरपालिका वा गाउँपालिकाबीच मितेरी संबन्ध कायम गराउने, दुई निकायबीच भ्रमण र अनुभव आदान प्रदान गराउने उनको योजना सुनाए । यसो गर्दा अमेरिका र मातृभूमिबीच संबन्ध जोड्ने काम हुनेछ । ‘दुईवर्षभित्र कम्तिमा पनि दुईवटा सिस्टर सिटी बनाउने मेरो योजना हो’ उनले भने । सिस्टर सिटीको अवधारणा कार्यान्वयन हुँदा दुई देशका स्थानीय निकायबीच अनुभव, सिपको आदान प्रदान हुनेछ । कार्यक्रममा उनले भने सिप बिकास एवम नेतृत्व विकासका कार्यक्रममा अघि बढाउने योजनालाई आफुले एनआरएनको नेतृत्वमा पुगेपछि आक्रामक रुपमा अघि बढाईने छ । कार्यक्रममा भाग लिन लस एन्जलसदेखी आएका समाजसेवी र सामाजिक एवम एनआरएन अभियान्ता र सान-फ़्रान्सिस्को बासीको अनुपम उपस्थितिले जोशीलाई स्वागत गरिरहेका थिए । लाग्थ्यो, सान फ़्रान्सिस्को गौरीमय भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *